• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

क्यान्सर अस्पतालले मनायो २१ औँ बार्षिकोत्सव, एक वर्षमा १ लाख वढि विरामीलाई सेवा प्रदान

  • संबाददाता

क्यान्सर अस्पतालले मनायो २१ औँ बार्षिकोत्सव, एक वर्षमा १ लाख वढि विरामीलाई सेवा प्रदान

आश्विन–१०,२०७७

चितवन । २०५७ साल असोज १० गते देखि विधिवत सेवा प्रारम्भ गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो २१ औँ वार्षिकउत्सव मनाएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकालटे जुम प्रविधि मार्फत अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुुख आतिथ्यतामा कार्यक्रम मनाएको हो । साथै १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि आजै परेकोले वार्षिकत्सवसँगै मनाइएको हो । गणतन्त्र चिन सरकारको सहयोगमा स्थापना भएको अस्पतालले देशभरका विरामीलाई सेवा दिइरहेको छ ।

चीनले हरेक वर्ष १६ जना विशेषज्ञ चिकित्सक सहितको टोली पठाउने गर्दछ । साथै चीन सरकारले विभिन्न स्वास्थ्य उपकरण समेत सहयोग गर्दै आइरहेको छ । अस्पतालका उप निर्देशक डा कृष्णसागर शर्माले ४५० वेडमार्फत अस्पतालले सेवा दिइरहेको बताउँदै समयमै उपचार गर्न आए क्यान्सर रोग निको हुने बताए । अस्पतालको निर्देशक डा देज कुमार गौतमले आर्थिक वर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १ लाख ४५ हजार ७ सय ७६ जनाले उपचार लिएको जनाए । जसमध्ये नयाँ ३२ हजार ८३१ जना नयाँ विरामी र ४ हजार ८ सय ९४ जना नयाँ क्यान्सरका विरामी रहेका छन् ।

त्यस्तै गत भाद्र २१ गते देखि संचालनमा आएको कोरोना ल्यावमा २ हजार ६४ स्वाव परीक्षण भएको र १४४ जना संक्रमित रहेको मध्ये ५६ जना अस्पतालकै कर्मचरी रहेका छन् भने ५० जना निको भएका छन् । कोरोनाको कारणले ७ देखि ८ सय विरामी आउने अस्पतालमा अहिले ५० प्रतिशत मात्रै विरामी आउने गरेका छन् । अस्पताल अझै १६ करोड घाटामा रहेको बताए ।
कार्यक्रम अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा भएको थियो ।

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ०९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८