• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • संबाददाता

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आश्विन–१०,२०७७

चितवन । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ हेटौडा सडक खण्डको टिकौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रवार राति १० बजे टिकौली जंगलमा पुर्वबाट पश्चिम तर्फ गईरहेको ना ५ ख १३६४ नम्वरको ट्रकले बिपरीत दिसा बाट आर्ईरहेको ना ६४ प ८३६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रत्ननगर १४ का अन्दाजी ३५ वर्षीय पुरेन्द्र गिरीको मृत्यु भएको हो ।

ठक्कर पश्चात गम्भीर घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ०२:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८