आश्विन–१०,२०७७
चितवन । भरतपुर महानगरपालिका भित्रका आधारभूत विद्यालयहरुलाई एक एक थान ल्यापटप उपलब्ध गराइने भएको छ ।
लामो समय अवरुद्ध पठनपाठन संचालन गर्न महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराइने र सबै आधारभूत विद्यालयहरूलाई एक एक थान ल्यापटप उपलब्ध गराएर पठनपाठन सुरु गराइने महानगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सवै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा विस्तारका लागि विद्यालयहरूलाई महानगरको आन्तरिक स्रोतबाट बजेट उपलब्ध गराइसकेको पनि उनको भनाई छ । कोभिड–१९ का कारण नियमित पठनपाठन अवरुद्ध भएको र सञ्चार प्रविधिको उपयोग गरी डिजिटल सिकाइ सामग्रीका माध्यमबाट पढाउने गरी प्रति विद्यालय दश हजारका दरले रकम उपलब्ध गराइएको र छिट्टै सबै सामुदायिक आधारभूत विद्यालयहरूलाई एक एक वटा ल्यापटपसमेत उपलब्ध गराइने भरतपुर महानगरका मेयर रेनु दाहालले बताएकी छिन । माध्यमिक विद्यालयहरूलाई भने संघीय सरकारले विगतदेखिनै इन्टरनेट कनेक्सनका लागि वार्षिक रु १२ हजार उपलब्ध गराउँदै आएको छ ।
महानगरको यो निर्णयबाट अब भरतपुर महानगरपालिकाका सबै विद्यालयमा इन्टरनेट जडान हुने भएको छ । साथै ल्यापटप प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक तथा सम्पुर्ण शिक्षकहरुले अनिवार्य रूपमा कम्प्युटरका आधारभूत सिप जानेको हुनु पर्नेछ ।
“अवरुद्ध नियमित पठनपाठनको कार्यलाई थप प्रभावकारी गराउन महानगरले उपलब्ध गराउने इन्टरनेट र ल्यापटपको प्रयोग गरी विभिन्न वेबसाइट तथा निशुल्क अनलाइन उपयोगी सामग्रीहरू युट्युब लगायतबाट डाउनलोड गरी वा सोझै मोबाइल वा ल्यापटपबाट विद्यार्थीलाई रोचक ढंगले सिकाउन सकिने र यसबाट सिकाइ रूचीपूर्ण र दिगो हुनुका साथै विद्यार्थीको उपस्थिति दर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८