• चैत ६, २०७९, सोमवार Monday, 20 March, 2023
centreal college

ओली अझै भन्दैछन–‘सरकार कसैलाई भोकले ज्यान गुमाउन नदिन प्रतिबद्ध छ’


ओली अझै भन्दैछन–‘सरकार कसैलाई भोकले ज्यान गुमाउन नदिन प्रतिबद्ध छ’

आश्विन–९,२०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य र आर्थिक संकटले मानिसहरुलाई फेरी गरिवीमा धकेल्ने सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् । मानिसहरुलाई फेरि गरिबीमा जान नदिनु अहिलेको मुख्य चुनौति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ओलीले संयुक्त राष्ट्र संघ (यूएन) को ७५ औं महासभा अन्तरगतको ‘पोभर्टी एट अ क्रसरोडः युजिङ लिडरसिप एन्ड द मल्टिडाइमेसनल पोभर्टी इन्डेक टु बिल्ड ब्याक बेटर’ शीर्षकका लागि भिडियो रेकर्ड गर्दै उनले दिगो विकास लक्ष्य सन् २०३० का एजेन्डा प्राप्त गर्न एक दशक बाँकी रहेकाले सचेत हुनु पर्ने बताए ।

गरिबी न्यूनीकरणमा गरिएको प्रगति र समग्र विकासका प्रयासहरुको मूल्याकंन अब प्राथमितकतामा पर्नुपर्ने बताए ।

न्यूर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले विज्ञप्ती जारी गर्दै ओलीले सम्बोधनका क्रममा नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताएका छन् ।

ओलीले कोहि पनि भोको नहोस् र कोहि पनि भोकै मर्न नपरोस भन्नेमा प्रतिबद्ध रहेको बताए । उनले नेपालले गरिबीलाई बहुआयामिक तरिकाबाट हेर्ने बताएका थिए ।

विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा र बेरोजगारी घटाउने सरकारको लक्षित कार्यक्रम बारे समेत बोलेका थिए । –वर्णन

  • प्रकाशित मिति : असोज ९, २०७७, शुक्रवार ०४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८