• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दुई महिनामा ३० जनाले गरे आत्महत्या

  • संबाददाता

दुई महिनामा ३० जनाले गरे आत्महत्या

आश्विन–९,२०७७

चितवन । चितवनमा कोरोना संक्रमणले भन्दा आत्महत्याबाट मर्नेको सख्या बढिरहेको छ । मानिसको जीवन अमूल्य भएपनि यसको महत्व वुझ्न र वुझाउन विभिन्न पक्षहरु जोडिरहेको हुन्छन । कति वुझ्न नसकेर त कति वुझाउन नसकेर मानिसहरुले आफ्नो अमूल्य जीवन यतिकै फालिरहेका छन् । कोरोनाबाट डराउने मानिसहरु आत्महत्या गर्न भने नडराउने तथ्याङ्कले देखाएको छ । कोरोनाका कारण चितवनका १८ जनाको मृत्यु भएको छ । तर चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको कुल सख्याको १६ प्रतिशतले चालु आवको दुइ महिनामै आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै चितवनमा १७९ जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको दुई महिना अर्थात साउन १ देखि भदौ २४ गते ३० जनाले आत्महत्या गरीसकेका छन् । यो डरलाग्दो तथ्याङ्क रहेको चिकित्सकहरु बताउँछन् ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार १७८ मुद्दा दर्ता भएपनि मृत्यु हुनेको सख्या भने १७९ जना रहेको थियो । जसमा १०६ जना पुरुष, ५७ जना महिला, ९ जना बालक र ७ जना बालिका छन् । सवैभन्दा धेरै झुण्डिएर १३९ जनाले ज्यान फालेका छन् । ती मध्ये ८० जना पुरुष, ४६ जना महिला, ७ जना बालक र ६ जना बालिका रहेका छन् । त्यस्तै विष सेवन गरी ३५ जनाले ज्यान गुमाएका छन् जसमा २३ जना पुरुष, १० जना महिला, २ जना बालक र १ जना बालिका, हातहतियारको प्रयोगबाट १ जना पुरुषले र हामफालेर ३ जना जसमा २ जना पुरुष र १ जना महिलाले जीवन त्याग गरेका छन् ।

त्यस्तै चालु आवको भदौ २४ सम्म मात्रै ३० जनाले आत्महत्या गरेका छन् । जसमा २२ जना पुरुष, ५ जना महिला, २ जना बालक र १ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सवैभन्दा धेरै झुण्डिएर २२ जना जसमा १६ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका छन् । त्यस्तै बिष सेवन गरी ६ जना जसमा ५ जना पुरुष र १ जना महिला, हामफाली १ पुरुष र १ महिला गरी २ जनाले आत्महत्या गरेका छन् ।

  • प्रकाशित मिति : असोज ९, २०७७, शुक्रवार ०३:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८