• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज ४५७ जना निको हुँदा १४९७ संक्रमित थपिए


आज ४५७ जना निको हुँदा १४९७ संक्रमित थपिए

आश्विन–८,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ नमुनाको परिक्षण गर्दा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५१३ महिला र ९८४ पुरुष गरि १४९७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ४३७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ९ हजार ८२३ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४५७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५० हजार ४११ पुगेको छ । यो ७२.७ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ५ महिला र १२ जना पुरुष गरि मृत्यु हुनेको संख्या १७ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४५३ पुग्यो ।

  • प्रकाशित मिति : असोज ८, २०७७, बिहीवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८