• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनका १२६ सहित १४० जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका १२६ सहित १४० जनामा कोरोना संक्रमण पुष्टि

आश्विन –८ ,२०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणमा चितवनका १२६ सहित १४० जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका २० महिला र २२ पुरुष गरि ४२ , रत्ननगरका ४२ पुरुष र ३३ महिला गरि ७५ जना, कालिकाका १ महिला १ पुरुष ,खैरहनिका ४ पुरुष ,माडिका १ महिला र राप्तीका २ महिला २ पुरुष गरि जम्मा १२६ रहेका छन । अन्य संक्रमित हुनेहरुमा गैडाकोटका ५ महिला २ पुरुष ,देबचुलीका १ महिला र १ पुरुष र तनहु ,लमजुङ ,स्याङ्जा ,बारा र मकवानपुरका १र१ जना पुरुष गरि ५ जना सहित जम्मा १४० जना संक्रमित भएका हुन।

संक्रमित हुनेहरुमा सबैभन्दा धेरै रत्ननगरका ७५ जना र भरतपुरका ४२ जना रहेका हुन। जसमध्ये रत्ननगर १४ का मात्र ४६ जना संक्रमित भएका हुन।

संक्रमितहरु ६ बर्ष देखि ९३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ४७९ नमुनाको परिक्षण गर्दा ३३९ नमुनाको नतिजा नेगेटिभ आएको हो भने १४० जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।

  • प्रकाशित मिति : असोज ८, २०७७, बिहीवार ०९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८