• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

आईसोलेशन वार्ड सहित विमान स्थल तयारीमा, भोली ४ वटा उडानहुँदै

  • संबाददाता

आईसोलेशन वार्ड सहित विमान स्थल तयारीमा, भोली ४ वटा उडानहुँदै

आश्विन–४,२०७७

चितवन । भरतपुर विमान स्थलले आईसोलेशन वार्ड सहित आफ्नो सम्पुर्ण तयारी पुरा गरेसंगै सोमवारबाट नियमित उडान गर्ने भएको छ । पछिल्लो पटक सरकारले पुर्ण क्षमताका साथ यात्रु बोक्न पाउने अधिकार दिएपछि विमान कम्पनीहरुले भोली सोमवारबाट उडान संचालन गर्ने भएका हुन ।

भरतपुर विमान स्थललेपनि विमान संचालनको लागि आफ्नो सम्र्पुण तयारी पुरा भएको जनाएको छ । विमान स्थल प्रमुख योगेन्द्र कुँवरका अनुसार विमान स्थलमा आईसोलेशन वार्ड तयार गरिएको छ । टिकट काउन्टरमा ग्लास बेरियर लगाउने देखि काउन्टरमै हेल्थ डिक्लिरिएसन फर्म भर्ने सम्म व्यवस्था मिलाएको छ । अहिलेको अवस्थामा कोभिडबाट कसरी सुरक्षित हुँदै यात्रुलाई सुरक्षित स्थानमा पु¥याउने भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।

विमान स्थल भवनका सम्र्पुण कोठादेखि यात्रु प्रतिक्षालय सम्म डिसईम्फेक्टेट ९ किटाणु रहित ० बनाई सकेको छ । यात्रुहरुलाई सामाजिक दुरी कायमगरि राख्नको लागि सोहि अनुसार व्यवस्थापन समेत गरिसकेको कुँवरले बताए । स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै एर्पोट भित्र १० वटा भन्दा बढी सवारी साधन प्रवेश निषेध गर्नेपनि उनले बताए ।

सोमवार भरतपुर विमान स्थलमा २ निजी कम्पनीका ४ वटा उडान हुने भएका छन् । बुद्ध एयरले ११ बजेर १० मिनेटमा पहिलो र ३ बजेर ४० मिनेटमा दोश्रो उडान भर्ने जनाएको छ । यस्तै यति एयरले ९ बजेर ५५ मिनेटमा पहिलो र २ बजेर ४० मिनेटमा दोश्रो उडान भर्ने निश्चित भएको र सोहि अनुसार आफुहरु तयारी अवस्थामा रहेको जनाएको छ ।

टिकट बुकिङ्ग २ दिनअघिबाट मात्र शुरु भएकोले अहिले ६० प्रतिशत मात्रै बुकिङ्ग भएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले बताए । उनले भने भोली उडानहुनु भन्दा अघि सम्ममा लगभग पुरै टिकट बुकिङ्गहुने अनुमान गरेका छौ ।

  • प्रकाशित मिति : असोज ४, २०७७, आइतवार ०८:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८