• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

आज १२०४ संक्रमित थपिए, निकोहुने ४५ हजार नाघे

  • संबाददाता

आज १२०४ संक्रमित थपिए, निकोहुने ४५ हजार नाघे

आश्विन–३,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३३३ नमुनाको परिक्षण गर्दा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४०८ महिला र ७९६ पुरुष गरि १२०४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६२ हजार ७९७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार १२९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ९७६ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४४७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४५ हजार २६७ पुगेको छ । यो ७२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ७ महिला र ४ जना पुरुष गरि मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४०१ पुग्यो ।

  • प्रकाशित मिति : असोज ३, २०७७, शनिवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८