आश्विन–३,२०७७
चितवन । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफ्नो निर्णयबाट पछि हटेपछि सोमवारबाट आन्तरिक उडान हुने भएका छन् । मन्त्रालयले बुधबार ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडनभर्नुपर्ने नियम’ बनाएको थियो । उक्त निर्णयले आफ्नो खर्च समेत नउठ्ने भन्दै निजी वायुसेवा कम्पनीहरुले उडान नभर्ने निर्णय गरेका थिए ।
निजी वायुसेवा कम्पनीहरुले पर्यटन मन्त्री योगेश भट्टराईसहित पर्यटन सचिव केदार बहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई सरकारले जारी गरेको निर्देशन मान्न नसकिने भन्दै जानकारी गराएका थिए ।
व्यवसायीको यो अडानपछी मन्त्रालय पछी हटेको हो । अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखी जहाजको यात्रु क्षमता अनुसार पुरै सिट भर्न पाउने भएका छन् । तर, वायुसेवा कम्पनीहरुले अहिले सबै सेक्टरमा लकडाउनअघि जस्तो उडान गर्न पाउने छैनन । मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्विकृत गर्न निर्देशन दिएको छ ।
आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफु स्वस्थ रहेको हेल्थ डिक्लेरेशन फारम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरी अक्टोबर १ (असोज १५ गते) तारिखपछी उडान तालिका थप गर्न समेत निर्देशन दिएको छ ।
संघका अध्यक्ष रामेश्वर थापाले विज्ञप्ती जारी गर्दै सरकारले तोकेका स्वास्थ्य सम्वन्धि नियम पुर्ण परिपालना गर्दै ६ महिनादेखी बन्द आन्तरिक नियमित उडान सोमबारदेखी उडान सुचारु गर्ने जनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८