• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–३,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा रत्ननगर ५ का २७ बर्षका १ पुरुष ,खैरहनि ४ र २ का ४३ र ३२ बर्षका २ पुरुष र राप्ती ६ का २४ बर्षका १ पुरुष र २२ बर्षकी १ महिला समेत गरि गरि ५ जना रहेका छन ।

संक्रमितहरु २२ देखि ४३ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

शुक्रबार परिक्षण गरिएका ३१७ वटा नमूना मध्ये ३१२ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ५ वटा नमुनाको पोजेटिभ आएको हो ।

शुक्रबारनै चितवनमा थप १९१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज ३, २०७७, शनिवार ०१:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८