• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

२३ दिने शिशु सहित चितवनमा २०४ जनामा कोरोना पुष्टि

  • संबाददाता

२३ दिने शिशु सहित चितवनमा २०४ जनामा कोरोना पुष्टि

आश्विन–२,२०७७

चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका १८० सहित २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आश्विन १ गते गरिएको परिक्षणमा चितवनका १८० सहित २०४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रयोगशालाका अनुसार भरतपुरका ३७ महिला र ४५ पुरुष गरि ८२ जना , रत्ननगरका १४ महिला र ३१ पुरुष गरि ४५ जना, खैरहनीका १३ महिला १२ पुरुष गरि २५ जना र राप्तीका ७ महिला १२ पुरुष गरि १९ जना, कालिकाका २ महिला ४ पुरुष गरि ६ जना, माडकिा २ पुरुष र ईच्छाकामनाका १ महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

यस्तै अन्य संक्रमित हुनेहरुमा गैडाकोटका ४ महिला ४ पुरुष गरि ८ जना, देवचुलीका १ महिला १ पुरुष गरि २ जना, कावासोतीका २ महिला, गोरखाका २ महिला, देवघाटका २ महिला र नुवाकोट, रामेछाप, बारा, धादिङ्ग, काभ्रे, पर्सा, रुपन्देही र लमजुङ्गका १र१ जना गरि ८ पुरुष समेतगरि २०४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरु २३ दिनदेखि ७७ बर्ष सम्मका रहेका अस्पतालले जनाएको छ । २३ दिने शिशु खैरहनी ३ का हुन । संक्रमितहरु मध्ये १८० जना चितवन जिल्लाका रहेका छन् ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ६५३ नमुनाको परिक्षण गर्दा ४४९ नमुनाको नतिजा नेगेटिभ आएको हो भने २०४ जनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २, २०७७, शुक्रवार १२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८