आश्विन–२,२०७७
चितवन । रातीदेखि परेको अविरल वर्षाले पहिरो गएपछि नारायणगढ–मुगलिङ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार विहान ५ः४० वजे भरतपुर–२९ स्थित नारायणगढ–मुगलिङ सडक खण्डको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो गएपछि उक्त सडक खण्ड अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पहिरो गएपछि सडक डिभिजन कार्यालयका २ वटा एक्साभेटरले पहिरो हटाउने काम भैरहेको छ ।
घुमाउनेको मोली खोला पुलमा ठुलो पहिरो गएकोले उक्त पहिरो हटाउन ३÷४ घण्टा लाग्ने र ११ वजे सम्ममा सडक खुलाउन सकिने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
असोज १ गतेबाट लामो दुरीका सवारी साधन संचालन भएसंगै उक्त क्षेत्रमा सवारी साधनको चाप बढ्न थालेकोछ । अहिले दुवैतर्फ सवारी साधनको लामो लाईन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८