आश्विन –१,२०७७
चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५ का २ पुरुष ,खैरहनि ४ का १ महिला, राप्ती ५ र ६ का ३ पुरुष र २ महिला समेत गरि गरि ८ जना रहेका छन् । संक्रमितहरु २४ देखि ३८ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ । परिक्षण गरिएका नमुनाहरुको स्वाब क्वारेन्टिन र शसस्त्र प्रहरीबलबाट संकलन गरिएको थियो।
बिहिवार परिक्षण गरिएका १९१ वटा नमूना मध्ये १८३ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८ वटा नमुनाको पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८