• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

चितवनका थप २४ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका थप २४ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– २९, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको परिक्षणमा चितवनका २४ सहित ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
चितवन मेडिकल कलेजका एशोसिएट प्रोफेसर डा.नविन कुमार चौधरीका अनुसार भरतपुरका ७ महिला र १५ पुरुष गरि २२ जना , रत्ननगरका १ महिला, खैरहनीका १ पुरुष गरि चितवनका २४ जनामा संक्रमण पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा गैडाकोटका २ पुरुष, दमकका १ पुरुष, हेटौंडाका १ महिला र १५ पुरुष गरि १६ जना, मनहरीका १ पुरुष, रौतहटका १ महिला, सर्लाहीका १ पुरुष र तनहुँका १ पुरुष गरि जम्मा ४७ जनाको रिर्पोट पोजेटिभ आएको हो । संक्रमितहरु २१ देखि ८२ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ३५८ नमुनाको परिक्षण गर्दा ३११ नमुनाको नतिजा नेगेटिभ आएको हो भने ४७ जनाको पोजेटिभ आएको छ ।

यस अघिनै आजैमात्र चितवनमा ३१ जना संक्रमितहरु थपिएका थिए । यो सहित आज चितवनमा संक्रमितहुनेको संख्या ५५ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ २९, २०७७, सोमवार १३:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८