भाद्र–२८, २०७७
भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परिक्षणमा चितवनका १२ सहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र २ पुरुष गरि ११ जना , गैडाकोटका १ पुरुष ,देबचुलीका २ पुरुष र १ महिला र तनहुँका १ पुरुष गरि १६ जना संक्रमित भएका हुन।
संक्रमितहरु १८ बर्ष देखि ५५ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ९४ नमुनाको परिक्षण गर्दा ७८ नमुनाको नतिजा नेगेटिभ आएको हो भने १६ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८