• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

चितवनका ४० सहित ५४ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका ४० सहित ५४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२६, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका ४० सहित ५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रयोगशालाका अनुसार भरतपुरका १८ महिला र १६ पुरुष गरि ३४ जना , खैरहनिका ४ पुरुष , रत्ननगरका १ महिला १ पुरुष गरि ४० जना चितवन जिल्लाका रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा गैंडाकोटका १ महिला, कावासोतिका १ पुरुष १ महिला ,देबचुलीका २ पुरुष ,रुपन्देहीका १ महिला, तनहुँका १ पुरुष १ महिला ,हेटौंडाका १ पुरुष १ महिला, गोरखाका ३ महिला र बाराका १ महिला समेत गरि ५४ को रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितहरु ५ बर्षका बालक देखि ७८ बर्षकि महिला सम्मका रहेका अस्पतालले जनाएको छ ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका २६७ नमुनाको परिक्षण गर्दा २१३ नमुनाको नतिजा नेगेटिभ आएको हो भने ५४ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।

आजनै भरतपुर प्रयोगशालामा भरतपुरका ३१ सहित ३४ जना संक्रमित भएका थिए ।

  • प्रकाशित मिति : भदौ २६, २०७७, शुक्रवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८