• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा भरतपुरका ३१ सहित थप ३४ जनामा कोरोना पुष्टि

  • संबाददाता

चितवनमा भरतपुरका ३१ सहित थप ३४ जनामा कोरोना पुष्टि

भाद्र–२६,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिका ३,१०,११,१२ र २६ का २६ पुरुष र ५ महिला गरि ३१ रहेका छन । यस्तै गैंडाकोटका १ पुरुष र १ महिला र ठोरी पर्साका १ महिला समेत गरि ३४ रहेका छन।
संक्रमितहरु १२ देखि ५४ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, क्यान्सर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

बिहिबार रातीसम्म परिक्षण गरिएका १५६ वटा नमूना मध्ये १२२ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ३४ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : भदौ २६, २०७७, शुक्रवार ०१:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८