• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२५,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,७,९,१०,१२ र १८ का ७ पुरुष र ६ महिला गरि १३ जना र रत्ननगर २ का १ महिला समेत गरि १४ रहेका छन ।

संक्रमितहरु २१ देखि ७० बर्ष उमेरका ७ पुरुष र ७ महिला रहेका प्रयोगशालाले जनाएको छ ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, भरतपुर क्यान्सर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

बुधबार रातीसम्म परिक्षण गरिएका ३१९ वटा नमूना मध्ये ३०५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १४ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८