भाद्र–२३ ,२०७७
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारहरुलाई खरोरुपमा धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल प्रेस युनियन चितवनले आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
जिल्लामा मलको चरम अभाव भएको समाचार संकलन गर्ने क्रममा रत्ननगरमा अनुदानको मल महंगोमा बिक्री गरेको सूचना पाएपछि उक्त विषयमा जानकारी लिन खोज्दा चितवनका प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।
पुर्वी चितवनको रत्ननगरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले महंगोमा मल बिक्री गरेको विषयमा जानकारी लिनको लागि फोनगरि बुझ्न खोज्दा न्यूज २४ का चितवन प्रतिनिधी केदार शर्मालाई प्रमुख जिल्ला अधिकारीले फोनमै धम्किपूर्ण भाषा प्रयोग गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८