• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

अत्यावश्यकलाई रोकिन्न, अनावश्यकलाई छोडिन्न– प्रहरी

  • संबाददाता

अत्यावश्यकलाई रोकिन्न, अनावश्यकलाई छोडिन्न– प्रहरी

 

भाद्र–२२,२०७७

चितवन । जिल्लामा सवारी साधनको चहल पहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारी चेक जाँचलाई कडा पारेको छ ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा व्यापारीहरुको व्यापक दवाव आएपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा केहि खुकुलो पारिएको थियो ।

अतिआवश्यक खाद्यान्न, हार्डवेयर, निमार्ण सामग्री, विजुली पसल, दुधजन्य पदार्थ , फेन्सी लगायत लत्ताकपडाका पसलहरु विहान १० देखि ४ वजे सम्म खोल्न पाउने निणर्य गरेको छ । अहिले चितवनका वजारहरु प्रायजसो खुल्लै छन् । बजारमा भिडभाड बढेको छ ।

वजार खुलेसँगै सवारी साधनको चाप बढ्न थालेपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पसल खोल्न पाउनुको अर्थ ८/१० किलोमिटर टाढाबाट वजार आउने होईन । आफुलाई जहाँ नजिक छ त्यहिबाट अत्यावस्यक सामाग्री खरिद गर्नको लागि केहि खुकुलो पारिएको हो । सर्व साधरणले यहि कुरा बुझिदिन आफुले अनुरोध गरेको चितवनका प्रहरी सहायक उपरिक्षक सुर्यबहादुर थापाले बताए । उनले भने हामीले अत्यावश्यक सवारी साधनलाई कतैपनि रोकेका छैनौ र रोक्दैनौ पनि तर औषधि, तरकारी, खाद्यान्न लगायतका सामाग्री किन्ने बहानामा अनावश्यक रुपमा सवारी साधननै लिएर हिड्नेलाई चै कार्वाहि गरेका छौ र गछौं पनि ।

पछिल्लो तथ्यांक हेर्दा चितवन जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघि सकेको छ । दैनिक ३० देखि ५० जनाका दरले संक्रमितहरु थपिईरहेका छन् । चितवनमा कोरोनाका क्रिटिकल केशहरु धेरै छन् । जिल्लामा रेड जोनमा छ । त्यसैले जोखिम न्युनिरण गर्नको लागि सबैले सावधानी अपनाउनु पर्ने थापाले बताए ।

  • प्रकाशित मिति : भदौ २२, २०७७, सोमवार ०९:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८