• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

चार वर्षिय बालिका सहित चितवनका थप ३३ जनामा कोरोना पुष्टि

  • संबाददाता

चार वर्षिय बालिका सहित चितवनका थप ३३ जनामा कोरोना पुष्टि

भाद्र–२२,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४ वर्षिय बालिका सहित चितवनका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिकाका १२ पुरुष र ९ महिला गरि २१ जना, कालिकाका ५ पुरुष र ४ महिला गरि ९ जना, खैरहनिका १ पुरुष ,रत्ननगरका १ पुरुष र १ महिला समेत गरि चितवनका ३३ जना संक्रमित भएका हुन । अन्य सन्क्रंमितहुनेहरुमा नवलपुरका २ पुरुष र १ महिलागरि ३ जना ,रौतहट ,धनुषा ,अर्घाखाँची ,झापा ,पर्सा ,कपिलवस्तु र सुन्सरीका २ पुरुष र ५ महिला गरि ७ जना समेत रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , पुरानि मेडिकल कलेज, क्यान्सर अस्पताल र क्वारेन्टिन बाट संकलन गरिएका हुन।
आइतबार रातीसम्म गरिएको परिक्षणमा ४०५ वटा नमूना मध्ये २६२ वटा नेगेटिभ आएको थियो भने ४३ वटा नमुना पोजेटिभ आएको हो ।

सोमबार बिहानै चितवन मेडिकल कलेजको प्रयोगशालामा चितवनका १९ जना सहित ३० जनामा कोरोना पुष्टि भएको थियो।

  • प्रकाशित मिति : भदौ २२, २०७७, सोमवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८