• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

चितवनका २१ सहित २७ जना कोरोना संक्रमित थपिए

  • संबाददाता

चितवनका २१ सहित २७ जना कोरोना संक्रमित थपिए

भदौ २०, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो शुक्रवार गरिएको परिक्षणमा चितवनका २१ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र १० पुरुष गरि १९ जना । रत्ननगर र राप्ती का १ ÷१ पुरुष गरि २ जना सहित २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अन्य संक्रमित हुनेहरुमा मनहरिका १ पुरुष ,हेटौंडाका १ पुरुष ,लुन्बिनीका १ पुरुष ,काठमाडौका १ पुरुष र पर्सा र गुल्मीका १÷१ महिला गरि ६ जना सहित जम्मा २७ जना संक्रमित भएका हुन।

संक्रमितहरु १० देखि ७३ बर्ष सम्मका रहेका छन । भरतपुर प्रयोगशालाबाट ल्याइएका ७५ समेत गरि सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका २१२ नमुना परिक्षण गर्दा १८५ नमुनाको नतिजा नेगेटिभ आएको हो भने २७ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २०, २०७७, शनिवार ०२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८