भरतपुरमा चितवनका २३ सहित २४ जनामा कोरोना पुष्टि

  • संबाददाता
  • भदौ १८, २०७७

भाद्र–१९,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २३ सहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका २,५,७,१० र ११ का २१ देखि ८० बर्षका ११ पुरुष र २३ देखि ३९ बर्षका ९ महिला गरि २० जना रहेका छन । त्यस्तै खैरहनिका २३ बर्षका १ पुरुष ,३१ र ३४ बर्षका २ महिला गरि ३ जना छन भने रौतहटका ३३ बर्षका १ पुरुष समेत गरि २४ जना संक्रमित भएको प्रयोगशालाले जनाएको छ।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।
बिहिवार राती १२ वजे सम्म गरिएको परिक्षणमा ३०२ वटा नमूना मध्ये २७८ वटा नेगेटिभ आएको हो भने २४ वटा नमुना पोजेटिभ आएको थियो । संक्रमित मध्ये २० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

  • संबाददाता
  • प्रकाशित मिति:भदौ १८, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८