• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा भरतपुरका १५ सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि


चितवनमा भरतपुरका १५ सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १८, २०७७

चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणमा भरतपुरका १५ सहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
जस अनुसार भरतपुर– १ का १ पुरुष , ४ का १ महिला ,१० का २ पुरुष र ५ महिला गरि ७ जना , ११ का ३ महिला र १४ र १६ का १/१ पुरुष गरि जम्मा १५ जना संक्रमित भएका हुन। यस्तै गैडाकोट ५,७ र ९ का १/१ जना गरि ३ जनाको पनि रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। संक्रमितहरु १४ देखि ६६ बर्ष सम्मका रहेका छन।

हिजो बुधवारै साँझ भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १२० नमुना परिक्षण गर्दा १०२ नमुनाको नतिजा नेगेटिभ आएको हो भने १८ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १८, २०७७, बिहीवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८