• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एक वर्षिया बालिका सहित चितवनमा १९ संक्रमित थपिए

  • चितवन

एक वर्षिया बालिका सहित चितवनमा १९ संक्रमित थपिए

भाद्र–१५, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १४ गते गरिएको परीक्षणमा चितवनका १९ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाले जनाए अनुसार भरतपुरका ११ महिला र ६ पुरुष गरि १७ जना, रत्ननगरका २ महिला, हेटौडाका २ महिला र १ पुरुष गरि ३ जना, गैंडाकोटका १ पुरुष, मध्यविन्दुका १ पुरुष, देवचुलीका १ महिला र सुनवलका १ महिला गरि जम्मा २६ जना संक्रमित पुष्टि भएको हो । १ वर्षिया बालिका भने भरतपुर महानगरपालिका २९ कि हुन् ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएको १५९ नमुना मध्ये २४ जना नयाँ संक्रमण र २ जना पुर्ण परिक्षण गरिएका विरामी गरि २६ जनामा कोरोना पुष्टि भएको हो । परिक्षण गर्दा १३३ नमुनाको नतिजा भने नेगेटिभ आएको असपतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८