• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

दश महिनाकी बालिका सहित चितवनमा २१ जना संक्रमित

  • चितवन

दश महिनाकी बालिका सहित चितवनमा २१ जना संक्रमित

भाद्र–१५ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० महिनाकी बालिका पनि छिन । उनि राप्ती नगरपालीकाकी हुन।

भरतपुर महानगरपालिका २,३,५,७ ,१० र ११ का ६ पुरुष र ६ महिला गरि १२ जना । राप्ती ७,९ का २ पुरुष र ४ महिला गरि ६ जना , गोरखाका १ पुरुष,रुपन्देहीका १ महिला र नवलपुरका १ पुरुष सहित ३ जना गरि जम्मा २१ मा कोरोना संक्रमण देखीएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु १० महिना देखि ६५ बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल,पुरानो मेडिकल कलेज,पुष्पाञ्जली अस्पताल र राप्ती क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

आइतबार राती १० वजे सम्म गरिएको ३६९ वटा नमूना मध्ये ३४८ वटा नेगेटिभ आएको हो भने २१ वटा नमुना पोजेटिभ आएको थियो ।

आइतबारनै धुलिखेल परिक्षण प्रयोगशालामा गरिएका २६ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको थियो भने जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि चितवनका ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पछील्लो समय चितवनमा अत्याधिक मात्रामा नमुना कलेक्कसन हुन थाले पछी परिक्षणको लागि काठमाडौं र धुलिखेल पठाउन थालिएको हो।

  • प्रकाशित मिति : भदौ १४, २०७७, आइतवार २३:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८