भाद्र–१४,२०७७
चितवन । देशमा पछिल्लो २४ घण्टामा १२ हजार ७१७ जनाको नमुना परिक्षण गर्दा १२२१ जना कोरोना संक्रमित थपिएका हुन । आज ३ सय ४८ महिला र ८ सय ७३ पुरुष सहित १२२१ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ५१८ हजार रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार ९०६ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २० हजार ८२२ पुगेको छ । यो ५४ प्रतिशत हुन आउँछ ।
विदेशबाट फर्केनेहरु ७ हजार ७९७ छन् । उनिहरु देशका विभिन्न क्वारेन्टिनहरुमा बसेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८