• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि

  • चितवन

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–११,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनमा ५ महिनाको बालक सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका ७ र २२ वडाका ६६ बर्षका पुरुष र ३४ बर्षका महिला गरि २ जना । रत्ननगर ४,९ र १२ वडाका १९ देखि ४६ बर्ष सम्मका १२ पुरुष र २३ र ५४ बर्षकि २ महिला । चितवनकै माडि नगरपालिका ६ र ७ वडाका पाँच महिना देखि ४८ बर्ष सम्मका ५ पुरुष र ४० देखि ६० बर्ष सम्मका ४ महिला पनि कोरोना भाइरस पोजेटिभ देखीएको हो ।

यस्तै तनहुको देबघाटका ५१ बर्षका १ पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखीएको अस्पतालले जनाएको छ ।

परिक्षण गरिएका नमुनाहरु बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल , माडि , रत्ननगर र देबघाटका क्वारेन्टिनबाट संकलन गरिएको हो ।
बुधबार राती १० वजेसम्म गरिएको १ सय ५९ वटा नमूना मध्ये १ सय ३३ वटा नमूना नेगेटिभ आएको हो भने २६ वटा पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १०, २०७७, बुधवार २३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८