• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

विगत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु

  • चितवन

विगत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु

भाद्र–१०,२०७७

नेपालमा पछिल्लो २४ घण्टामा २ महिला र ९ पुरुष गरि ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको छ । महोत्तरीमा ६०,७२ र ७५ वर्षीय र बारामा ४१ वर्षीय र ४६ वर्षीय गरी ५ जना पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार भक्तपुरमा ५३ र मोरङमा ४६ वर्षीया गरी दुई महिलाको संक्रमणबाट मृत्यु भएको हो । त्यसैगरी, काठमाडौंमा ५१, बाँकेमा ३७, कैलालीमा ४५ र ५० वर्षीय गरी ६ जना सहित देशभरमा ११ जनाको मृत्यु भएको हो ।

  • प्रकाशित मिति : भदौ १०, २०७७, बुधवार ११:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८