• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

देशभरमा ८ सय १८ संक्रमित थपिए, ३ को मृत्यु

  • खवर मुलुक-संबाददाता

देशभरमा ८ सय १८ संक्रमित थपिए, ३ को मृत्यु

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६६ जना,जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय ८१ जना निको भएर घर फर्केका छन् । हालसम्म हुनेको कुल निको हुनेको संख्या १८ हजार ६३१ रहेको छ । यो कुल संक्रमित संख्याको ५८ प्रतिशत हुन आउछ । देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै ३ हजार ९४३ जना होम आइसोलेसन अर्थात घरमै रहेका छन् ।

यस्तै पछिल्लो विवरण अनुसार थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ५८ वर्षिय पुरुष, पर्साका ५६ वर्षिय महिला र सर्लाहिकी ३३ वर्षिय महिला रहेका छन् । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ७, २०७७, आइतवार ११:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८