चितवन । चितवन जिल्ला भर पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि माडी नगर पालिका बाहेक साउन ३२ गते देखि भदौ ५ गते ६ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सातबटै अर्थात पुरै जिल्लाभरका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा भदौ १२ गते राती १२ वजे सम्म निरन्तर रहने छ ।
सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ । जो जहां छ त्यहि नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने समेत सहायक प्रजिअ नेत्र प्रसाद शर्माले बताए ।
चितवनमा हिजो थप एकको मृत्यु भएसंगै मृतक संख्या ४ पुगेको छ भने कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । जसमध्ये ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८