• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

आईसोलेसन वेड पाएनन् , विराटनगरका संक्रमित घरमै मरे

  • खवर मुलुक-संबाददाता

आईसोलेसन वेड पाएनन् , विराटनगरका संक्रमित घरमै मरे

इटहरी । होम आइसोलेसनमा बसेका विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौ गते स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा कोरोना भाईरस रिर्पोट पोजेटिभ आएको थियो ।
विराटनगरमा बेड अभावका कारण उनि आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । उनि घरमै कसेर सामान्य उपचार गराइ रहेका थिए । रक्तचाप र मधुमेहका ति विरामीको विहिवार राती मृत्यु भएको हो । अहिले मृतकको परिवार शोकमा रहेको छ । यदि अस्पतालमा उपचारहुन पाएको भए मृत्युबाट बच्नसक्ने परिवारको भनाई छ । यो सहित विराटनगरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
पाटन अस्पतालमा दुईको मृत्यु
दोलखाकी ३० वर्षिय महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । ति महिलाको भदौ२ गतेदेखि पाटन असपतालमा उपचार भैरहेको थियो । यस्तै सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज विहान सोहि अस्पतालमा निधन भएको हो । ति पुरुषको साउन ३१ ग्ते देखि पाटन अस्पतालमै उपचार भैरहेको थियो ।
आजै नारायणी अस्पताल विरगञ्जमा रौतहटका ५५ वर्षिय एक पुरुषको मृत्यु भएको छ । मृतकका सबै लक्षणहरु केरोना भाईरससंग मिल्दो जुलदो भएपनि स्वावको रिर्पोट नआईकन एकिन गर्न नसकिने अस्पतालले जनाएको छ । स्वास्थ मन्त्रालयले मृतकको संख्या १२६ मात्र पुष्टि गरेपनि पाटन,वुटवल,विरगञ्ज, चितवन गरि मृतकको संख्या १३२ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ५, २०७७, शुक्रवार ०७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८