काठमाडौँ । घरविदाबाट आई क्वारेन्टिनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाहरुमा घर बिदा सकि कार्यालय आई कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।
१७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको बिहीबार रिपोर्ट आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८