• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए कार्वाही

  • संबाददाता

निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए कार्वाही

चितवन । सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कार्वाही स्वरुप पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ । सरकारले मेडिकल कलेजलाई कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याए आरटी पीसीआर परीक्षणको अनुमति समेत नदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले यस्तो निर्णय भएको बताए । केही दिनअघि सरकारले कोरोनाका बिरामीका लागि निजी स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड र मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानलाई एक तिहाइ बेड छुट्याउनका लागि निर्देशन दिएको थियो । हालसम्म कुनैपनि निजी अस्पताल तथा मेडिकल कलेजहरुले सरकारको उक्त निर्णय कावान्र्यनमा ल्याएका छैनन् ।
उनले आज थप स्पष्ट पार्दै अझै १÷२ वर्ष कुनै अस्पतालले कोरोनाबाहेकका बिरामीको उपचार गर्न सम्भव नहुने भएकाले अहिल्यैदेखि त्यसको तयारी गर्नका लागि सरकारले निर्देशन दिएको बताए । उनले भने एउटा विरामी आउला हतारमा अप्रेशन गरिएला त्यसपछि कोरोना रिर्पोट पोजेटिभ आउला, त्यो अवस्थामा के गर्ने ? त्यसैले अव कोरोना संक्रमित वाहेकका विरामी मात्र उपचार गर्छु भन्ने सम्भव छैन । समाजमा तीव्ररूपमा कोरोना फैलिँदै गएपछि सरकारी अस्पतालले मात्रै उपचार गर्न सम्भव नहुने भन्दै त्यसका लागि निजी स्वास्थ्य संस्थाले अहिल्यैदेखि नै स्वास्थ्यकर्मीलाई तयारी पारेर राख्नसमेत आग्रह गरे ।

  • प्रकाशित मिति : भदौ ३, २०७७, बुधवार १३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८