देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८