चितवन । बुधबार देशका विभिन्न स्थानहरुबाट ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संक्रमित पुष्टि भएका हुन ।
आज थपिएका २ सय १६ महिला र ४ सय ६५ पुरुष सहित जम्मा संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनालाई जितेर डिस्चार्ज भई घर फर्किएका छन् । यीसहित आजसम्म कोरोना जितेर घर फर्कनेको संख्या १७ हजार ७ सय पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ । जसमध्ये ३ हजार १ सय ३१ जना संक्रमितहरु घरकै आईसोलेसनमा बसेका छन् । संक्रमित मध्ये १ सय ३१ जना आई सियुमा उपचाररथ छन् भने ६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । विगत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै १ सय ५९ जना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा नेपाल भरि ६ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ सय २० जना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८