सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार (मंसिर ११ गते) विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदै छ ।
प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन् ।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक, फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन् ।
त्यसैगरी बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ ।
शुक्रबारको खेल तालिकाअनुसार वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारको पहिलो खेल बिहान ९ बजेदेखि महिला क्रिकेट सुरु हुनेछ भने अर्को खेल दिउँसो १स्३० बजे हुने तालिका छ । बिहान ९ बजे महिला बास्केटबलका खेल पनि हुनेछन् ।
त्यस्तै, सुर्खेतको मुख्य रंगशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल सुरु हुनेछन् । ती खेल दिउँसो २स्३० बजेसम्म हुनेछन् । पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ ।
यता, सुर्खेतस्थित मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन् । ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका खेल हुने तालिका छ ।
सुर्खेतबाहिरका खेलस्थलमा पनि शुक्रबार प्रतिस्पर्धा हुनेछ । नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता हुनेछ भने बर्दियामा टेनिसका खेल हुनेछन् । पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८