काठमाडौं । देशका अधिकांश भूभागमा शुक्रबार र शनिबार (कात्तिक १३–१४) वर्षा भएको छ । वर्षाको क्रम अब बिस्तारै कम हुँदै गएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोसी, वाग्मती र मधेस प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशमा आंशिक बादल लागेको विभागले जनाएको छ ।
“१४ कार्तिक २०८३ (दिउँसो २ः३३ बजे) । हाल कोसी, वाग्मती र मधेस प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ,” विभागले भनेको छ, “देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ ।”
पछिल्लो २४ घण्टामा केही स्थानमा भारी वर्षा समेत भएको छ । वर्षासँगै खोलानदीमा पानीको बहाव उल्लेख्य बढ्को छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८