• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

हिम्लुङ हिमपहिरोमा थप चार आरोही मृत फेला

  • खबरदाता

हिम्लुङ हिमपहिरोमा थप चार आरोही मृत फेला

मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला परेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार शव भेटिएको जानकारी दिएका छन्।

हिमपहिरोमा पुरिएका शव निकाल्ने कार्य भइरहेको उनले जनाएका छन्। शवको पहिचान हुन बाँकी छ।

यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

अझै पाँच जना आरोही र सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको शेर्पाले जानकारी दिएका छन्।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए। त्यस्तै, आरोहमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

  • प्रकाशित मिति : असोज १५, २०८३, बिहीवार १४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८