राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।
गैरकानुनी पक्राउ भन्दै रिहाइको माग गरेर दाहालकी छोरी डेनिकाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
यस्तै सरकारसँग पक्राउ गर्नुको कारण पनि माग गरेको थियो।
विवादास्पद अन्तरवार्तापछि उनलाई पक्राउ गरिएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८