• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

राष्ट्रियसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले न्याय सेवा आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची !

  • खबरदाता

राष्ट्रियसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले न्याय सेवा आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची !

काठमाडौँ – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २, २०८३, शुक्रवार ०७:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८