नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङबाट एकजना विदेशी नागरिकको जीवित उद्धार गरेको छ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि उनी त्यहीँ फसेका थिए ।
उनलाई ११ दिनपछि जीवितै उद्धार गरिएको हो । यसअघि त्रिशूली ३ ए बाट हिजो दुई जना नेपाली नागरिकको जीवितै उद्धार गरिएको थियो ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ ९२१६ मेवा० को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको हो ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरेको हो ।
उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। उनलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८