• भदौ १९, २०८३, शुक्रवार Friday, 04 September, 2026

त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार’

  • खबरदाता

त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार’

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् ।

“दुईजनाको उद्धार गरिएको छ, उद्धार कार्य जारी छ,” ती अधिकारीले बाह्रखरीसित भने, “सबैको सकुशल उद्धारको प्रयास भइरहेको छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले भने सुरुङभित्रबाट एकजनालाई जीवित उद्धार गरिएको बताएका छन् । त्यहाँ अरू पनि व्यक्ति रहेका जानकारी प्राप्त भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नेपाली सेना सुरुङभित्र पसेर उद्धार कार्य जारी राखेको उनले जनाएका छन् । “सुरुङभित्रबाट एकजना सञ्जय साहको जीवित उद्धार गरिएको छ । अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ,” उनले फेसबुकमा लेखेका छन्, “अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।” सुरुङविज्ञ न्यौपाने यसअघि त्यहाँ सेनासँगै उद्धार कार्यमा खटिएका थिए ।

६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारीरकामदार फसेका आयोजनाले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १९, २०८३, शुक्रवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८