देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
बिहान कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । बिहान मौसम केही सफा नै रहनेछ,” मौसमविद् लामिछानेले भने, “अपराह्नपछि काठमाडौंमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८