• भदौ १४, २०८३, आइतवार Sunday, 30 August, 2026

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

  • खबरदाता

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म ड्रिल गरेर सानो प्वाल बनाउन उद्धार टोली सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै ड्रिल गरिएको सानो प्वाल सुरुङको ‘क्राउन’सम्म पुगेको र त्यसबाट हावा पठाउन सुरु गरिएको बताएका छन्।

उनका अनुसार अब उक्त स्थानबाट थप खन्ने काम सुरु गरिनेछ । त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फसेका व्यक्तिहरूको उद्धार गर्ने तयारी गरिएको छ ।

गृहमन्त्री गुरुङले लेखेका छन्, “हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौँ । हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ ।”

सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय निरन्तर परिचालन भइरहेका छन् । कठिन भौगोलिक अवस्था र जोखिमका बीच उद्धार कार्य अघि बढाइएको हो ।

  • प्रकाशित मिति : भदौ १३, २०८३, शनिवार २१:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८