अमेरिकी विदेश मन्त्रालयले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढीपहिरोपछि आफ्ना करिब ९० नागरिक अझै सम्पर्कविहीन रहेका जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हालसम्म कोही पनि अमेरिकी नागरिकको मृत्यु पुष्टि नभएको बताएका छन् । पाँच अमेरिकी नागरिकको सफल उद्धार भइसकेको उनले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
यसैबीच, काठमाडौं र बेइजिङस्थित अमेरिकी दूतावासहरूले नेपाली तथा चिनियाँ सुरक्षा निकायसँग निरन्तर समन्वय गरी बेपत्ता नागरिकको खोजी कार्य जारी राखिएको जनाएका छन् ।
सञ्चार सम्पर्कविच्छेद भएका कारण फोन नलागेका पर्यटक पनि यो सूचीमा समावेश छन् । उनीहरूसँग सम्पर्क कायम भएपछि यो संख्या घट्ने अपेक्षा गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८