• भदौ १२, २०८३, शुक्रवार Friday, 28 August, 2026

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

  • खबरदाता

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गएराति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण ९वर्गीकरण० गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ ।

यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

  • प्रकाशित मिति : भदौ ११, २०८३, बिहीवार ०५:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८