राप्रपाले बागमती प्रदेश संसदीय दल नेता तथा सांसद उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत बागमतीमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन जनाएका संसदीय दल नेता थापालाई आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कारबाही गर्ने निर्णय गरेको हो।
संसदीय दल नेता थापालाई बुधबार राप्रपाले स्पष्टीकरण सोधे पनि उनले बुझाएका थिएनन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको जानकारी दिए।
थापा २०७९ मंसिरमा भएको निर्वाचनमा काठमाडौं ८ को (ख) बाट निर्वाचित भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८