संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ ।
अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटेल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्नेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपालमा जैविकरप्रांग्रारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने’ सम्बन्धमा उत्पादकहरूसँग छलफल’ हुँदै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको वाग्मती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्ने तय छ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’का सम्बन्धमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८